Happy Birthday Suhana: २२ लागिन् झरनाकी गुडियारानी

Happy Birthday Suhana: २२ लागिन् झरनाकी गुडियारानी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘ए मेरो हजुर ३’ आज बैशाख २५ गते सत्ताइसौं दिनमा प्रदर्शन भैरहेको छ । सिनेमाकी मुख्य अभिनेत्री सुहाना थापाले आज २२ औँ जन्मदिन भव्यताका साथ मनाउदै छिन् । पहिलो सिनेमाबाट नै सवैको मनमा बस्न सफल भएकी सुहानालाई राइजिङ स्टारको रुपमा हेरिएको छ ।

नेपाली सिनेमा क्षेत्रकी सुपरस्टार अभिनेत्री झरना थापा र चर्चित निर्माता सुनिलकुमार थापाको एक मात्र सन्तान सुहानाले, डेब्यु सिनेमा मार्फत नै यो क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइसकेकी छन् ।

पहिलो सिनेमा नै सुपरहिट सावित भएपछि उनको करिअरको बाटो अझ बुलन्द भैदिएको छ । बुधबार बेलुका पाँचतारे होटलमा ‘ए मेरो हजुर ३’को सक्सेस पार्टीसँगै सुहानाको केक पनि काटीदै छ ।

होम प्रोडक्सनकै दुई सिनेमामामा फाईनल भैसकेकी सुहानाले ‘भागवत गीता’मा अनमोल केसीसँग दोस्रो सहकार्य गर्नेछिन् । ‘ए मेरो हजुर ३’मा यो जोडीलाई रुचाइएका कारण पनि सुहाना इन्टरटेनमेन्टले दोस्रो पटक पर्दामा उतार्दैछ । त्यस्तै ‘ए मेरो हजुर ४’को लागि पनि सुहाना तयार छिन् ।