प्रतिक्षित हलिउड सिनेमा ‘अवतार २’को रिलिज मिति घोषणा

प्रतिक्षित हलिउड सिनेमा ‘अवतार २’को रिलिज मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सन २००९ मा रिलिज भएको बलकबल्स्टर हलिउड सिनेमा ‘अवतार’को सिक्वेल ‘अवतार २’को प्रदर्शन मिति घोषणा गरिएको छ । सन् २०२० को डिसेम्बरमा रिलिज हुने भनिएको सिनेमा अब सन् २०२१ को डिसेम्बरमा क्रिसमसको अवसर पारेर रिलिज हुने भएको छ । केही महिनाअघि फक्स स्टुडियोसँग मर्ज भएको डिज्नेले एक विज्ञप्ती जारी गर्दै सन् २०२१, डिसेम्बर १७ मा ‘अवतार २’ रिलिज हुने जनाएको हो । बाँकी तीन सिनेमा यसपछि रिलिज हुनेछन् ।

जेम्स क्यामरुनद्वारा निर्देशित सिनेमा ‘अवतार २’को रिलिज डेट एक वर्ष पछि सरेको हो । यसैगरी ‘अवतार ३’ सन् २०२३ को डिसेम्बर, ‘अवतार ४’ सन् २०२५ को डिसेम्बरमा र ‘अवतार ५’ सन् २०२७ को डिसेम्बरमा रिलिज हुने आशा हलिउड मिडियाले गरिरहेका छन् । डिज्ने र फक्स मर्ज हुँदाको शिकार अवतार भएको हो । विश्व प्रतीक्षित सिनेमा अवतारकै सिक्वेल रिलिजमा ढिलाइ भइरहँदा डिज्नेसँग यस्ता कति सिनेमाको सिक्वेल पाइपलाइनमा छन् त भन्ने चासो सुरु भएको हलिउड मिडियाले जनाएका छन् ।