‘पसिना बिषयक अन्तरक्रिया तथा सत्कर्ममार्गी सम्मान कार्यक्रम २०७६’ सम्पन्न

‘पसिना बिषयक अन्तरक्रिया तथा सत्कर्ममार्गी सम्मान कार्यक्रम २०७६’ सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘पसिना’ले बुधबार राजधानिमा एक कार्यक्रमको आयोजना गरेको छ । अन्य सिनेमाहरुले प्रदर्शनको पुर्ब सन्ध्यामा रेड कार्पेट प्रिमियर गर्छन तर ’पसिना’ युनिटले भने ’पसिना बिषयक अन्तरक्रिया तथा सत्कर्म मार्गी सम्मान कार्यक्रम २०७६’ को आयोजना गरेको हो । उक्त कार्यक्रममा सिनेमाको बारेमा अन्तरक्रिया तथा विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो । पुर्व मन्त्रि तथा समाजसेवी भद्र कुमारी घलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिनेमाका कलाकार तथा अन्य समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ता हरुले यस्ता किसिमका सिनेमाले समाजमा सकारात्मक संदेश दिने भएकाले यस्ता सिनेमाहरु निर्माण हुनु पर्ने बताए । सिनेमाका प्रमुख कलाकार सरोज खनालले कार्यक्रममा बोल्दै यस्ता सिनेमाहरु निर्माण हुनु अत्यन्तै आवस्यक रहेको बताए । समाजमा नकारात्मक कुराहरुले बढी स्थान पाई रहेको छ, यस्ता सकारात्मक बिषयले पनि स्थान पाउनु आबस्यक रहेको उनले बताए । निर्माता शान्ता ढकालले आफु पनि समाज सेवा र सामाजिक कार्यमा सक्रिय रहेको कारण सामाजिक बिषय बस्तुको सिनेमामा लगानी गरेको बताइन आफु समाजसेवी भएकोले कार्यक्रममा समाजसेवी भद्र कुमारी घलेलाइ प्रमुख अतिथि बनाएको समेत उनले खुलाईन् ।

अर्का निर्माता इन्जिनियर संजय महतोले आफु पनि मजदुर नै भएकोले मजदुरको कथा बोलेको सिनेमा ’पसिना’ मा लगानी गरेको बताए । निर्देशक आर.बि.शरदले कार्यक्रममा बोल्दै सिनेमा निर्माणमा सहयोगी भूमिका निभाउने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरे । सिनेमाले ’गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने मूल नारा बोकेको छ, सिनेमाले काम कुनै पनि सानो ठुलो हुँदैन, मजदुर बिना मालिक बन्न सकिन्न भन्ने कुरा उठाईएको निर्देशकले बताए ।

सम्मानित हुनेमा सिनेमाका प्रमुख कलाकारहरु सरोज खनाल, रबि गिरि, गौरब पहाडी, सुरजनी केसी, छायाँकार राम कुमार केसी, नृत्य निर्देशक शिब बिक, शारदा प्रसाद धिताल, राम काजी बस्न्यात, समिता केसी, अनिता केसी, सचिन रौनियार, संगीता शाह, सहिम शाह, गीता देवी मैनाली, संगीता धमला, मीना शर्मा, दिपक डोटेल, सोनि अधिकारी, दीपशिखा शर्मा, सावित्री भुजेल, मोहन देव बिस्ट, सीमा राई, राजेन्द्र कपाली, मान बहादुर तामाङ लगायतका रहेका छन् ।

सिनेमालाई आर बि खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् सिनेमाको कथा पनि निर्देशकले नै लेखेका हुन् । पछिल्लो समय निर्माण भएका सिनेमामा मजदुरका कथा प्राय देख्न पाइन्न । ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको सिनेमाले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने छ । शान्ता ढकाल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता संजय महतो हुन् ।

गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको गीतमा सिनेमामा राम केसीको छायाँकन, राजनराज शिवाकोटी, दिपक शर्मा र थिरज राईको संगीत, नविन निरौलाको सम्पादन, शिव विक र राजिव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।