‘चलचित्रकर्मी कल्याणकारी कोष’लाई भुवन, बसुन्धरा र चैत्यदेवीको सहयोग

‘चलचित्रकर्मी कल्याणकारी कोष’लाई भुवन, बसुन्धरा र चैत्यदेवीको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं नेपालमा निर्माण भएको पहिले सिनेमा आमाबाट अभिनेत्रीको रुपमा नेपाली सिनेमा क्षेत्रमा भित्रिएका तीन अभिनेत्रीले प्रदान गर्ने ०७६ को हरिश भुवन चन्द पुरस्कार, चैत्यदेवी सिंह पुरस्कार र चेतनारायण बसुन्धरा भुषाल पुरस्कार नेपाल चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई हस्तान्तरण गरिने भएको छ ।

भुवन चैत्य बसुन्धरा फाउण्डेशनको कार्यसमिति बैठकमा उक्त निर्णय गरेको हो । हरिश भुवन चन्द पुरस्कार रु.५१०००।–, चैत्यदेवी सिंह पुरस्कार रु.५१०००।– र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार रु.५१०००।– प्राप्त हुँदैछ । भुवन चैत्य बसुन्धरा फाउण्डेशन मार्फत रु.१,५३,०००।– हजार चलचित्र कल्याण कोषमा जम्मा गरिने भएको हो । यो पुरस्कार र ताम्रपत्र जेठ २२ गते एउटा विशेष समारोहको आयोजना गरी हस्तान्तरण गरिने आयोजक संस्थाले एक प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको फाउण्डेशनको कार्यकारी समितिमा अध्यक्ष बसुन्धरा भुसाल, उपाध्यक्ष भुवन थापा चन्द, चैत्यदेवी सिंह, सचिव मोहन निरौला, सह–सचिव चेतनारायण भुसाल, कोषाध्यक्ष माइकल डी चन्द ठकुरी, सदस्य प्रेम बम्जन (पुष्कर लामा), अञ्जु रञ्जितकार, राजु प्रसाद धिमाल तथा संरक्षक सृजना पाठक, शैलेश भुसाल, शिला चन्द रहेका छन् ।