राजधानीका हजारौं दर्शकमाझ ‘विर विक्रम २’को प्रचार

राजधानीका हजारौं दर्शकमाझ ‘विर विक्रम २’को प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘विर विक्रम २’ निर्माण टिम अहिले आक्रामक प्रचार प्रसार गरिरहेको छ । केहीदिन पहिले पोखरा र चितवन भव्य कन्सर्टको आयोजना गरेर काठमाडौं फर्केको निर्माण टिमले काठमाडौंको बिजी मल स्थित हजारौं दर्शकमाझ सिनेमाको प्रचार गरेको छ । उक्त कार्यक्रममा सिनेमाका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, संगीतकार तारा प्रकाश लिम्बु र निर्देशक मिलन चाम्सको उपस्थीती रहेको थियो ।

उक्त कार्यक्रममा सिनेमाका सम्पुर्ण कलाकारले ‘विर विक्रम २’ उत्कृष्ट बनेको भन्दै उपस्थीत दर्शकलाई सिनेमा हेर्न आग्रह गरे । कार्यक्रम कलाकार आफ्ना विभिन्न सिनेमाका सवांद बोलर सुनाउनुका साथै संगीतकार लिम्बुले सिनेमामा समावेश ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत गाएर सुनाएका थिए । यस्तै निर्देशक चाम्सले आफुले ‘विर विक्रम २’ एउटा पुर्ण मनोरञ्जन दिने सिनेमा निर्माण गरेको भन्दै मन परे सम्पुर्ण आफन्त साथीभाईलाई हेर्न सिफारिस गर्न आग्रह गरे । भने, यदी मन नपरेको खण्डमा आफुलाई हलमा दर्शक प्रतिक्रिया लिन उपस्थीत हुँदा सिनेमाको कमी कमजोरी नडराई भन्न सुझाए ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने सिनेमामा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकीछन् । ‘विर विक्रम २’मा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमालाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् ।

सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । ‘विर विक्रम २’ विल्कुलै नयाँ कथामा निर्माण भएका कारण यो हिट सिनेमा ‘विर विक्रम’को सिक्वेल नभएको निर्माण टिमको भनाई छ ।