फ्राईडे रिलिज: हलमा ‘पसिना’ र दोस्रो सातामा ‘दाल भात तरकारी’

फ्राईडे रिलिज: हलमा ‘पसिना’ र दोस्रो सातामा ‘दाल भात तरकारी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट नेपाली सिनेमा ‘पसिना’ले आफ्नो प्रदर्शनको सुरुवात गरेको छ । भने, ‘दाल भात तरकारी’को दबदबा दोस्रो सातामा पनि कायमै रहेको छ । पहिलो साता नेपाली बक्सअफिसमा राम्रो व्यापार गरेको सिनेमाले दोस्रो सातामा पनि मल्टिपेलेक्स देखि सिंगल स्क्रिनसम्म राम्रो शोज् पाएको छ । दर्शक तथा समिक्षकबाट मिश्रीत प्रतिक्रिया सिनेमाले पाएको थियो ।

यस्तै आजबाटै प्रदर्शनमा आएको फ्रेस सिनेमा पसिना आर.बी.के खत्रीको निर्देशनमा तयार भएको हो । यो सिनेमाले मजदुरको कथालाई उठान गरेको छ । सिनेमामा गौरव पहारी, अनु शाह, सुरजनी केसी, शान्ति गिरी, ध्रुर्व कोइराला, सरोज खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमाले सत्कर्म गर्नका लागि पसिना बगाउनुपर्छ भन्ने कथालाई देखाउन खोजेको छ ।

‘पसिना’ मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको कोरियोग्राफी र देव महर्जनको द्वन्द रहेको छ । निर्देशक खत्रीको कथा रहेको सिनेमामा शान्ता ढकालको लगानी रहेको छ । भने, सिनेमाका कार्यकारी निर्माता सञ्जय महत्तो हुन् ।