नेपाली सिनेमा ‘१२ सत्ताईस’को निर्माण घोषणा !

नेपाली सिनेमा ‘१२ सत्ताईस’को निर्माण घोषणा !

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘१२ सत्ताईस’ नाममा नेपाली सिनेमा निर्माण हुने भएको छ । ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा निर्माया हुने सिनेमाको शनिबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको हो । सिनेमामा जौन योन्जनको लेखन तथा निर्देशन रहने छ । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।

सिनेमालाई रेणु राणा, दीपक खतिवडा र रुपक थापाले मिलेर निर्माण गर्दैछन् । यही टिमले यसअघि हेमराज बिसीको निर्देशनमा निर्माण भएको सिनेमा ‘द ब्रेकअप’ निर्माण गरेको थियो । ‘द ब्रेकअप’ले ब्यापारीक र समिक्षक दुवै हिसावमा उत्कृष्ट बन्न नसकेको प्रतिक्रिया दर्शकबाट पाएको थियो । सिनेमा घोषणा कार्यक्रममा निर्माता मध्येकी एक रेणु राणाले ‘द ब्रेकअप’ जे-जस्तो बनेतापनि ‘१२ सत्ताईस’ उत्कृष्ट बन्ने दाबी गरिन् ।सिनेमामा समिर श्रेष्ठ, अविषेक नेपाल, अस्मिता लामिछाने, काजी राना, सम्रान्त थापा, एभन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायतका कलाकारको मुख्य भुमिका रहने छ । यो आगामी बैशाख ३१ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको आयोजी पत्रकार सम्मेलनमा जानकारी गराइयो ।सिनेमामा दीपक आजेको संगीत, निर्देशक जौन योन्जनको कथा, पटकथा तथा संवाद, प्रकाश मल्लको गीत लेखन, अनिस स्यांदेनको छायाँकन, विवेक लामाको मुख्य सहायक निर्देशन, शंकर बहादुर थापाको मेकअप, कृष्ण भण्डारीको सम्पादन सहने सिनेमाका प्रोडक्सन म्यानेजर धर्मेन्द धोज मल्ल हुन् ।