anmol jasita

वर्षाले गरिन मायाज ब्युटी पार्लरको नयाँ शाखाको उद्घाटन !

वर्षाले गरिन मायाज ब्युटी पार्लरको नयाँ शाखाको उद्घाटन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय अभिनेत्री बर्षा सिवाकोटी आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा बिर बिक्रम २ को प्रचार प्रसारमा व्यस्त छिन् । तथापि उनले शनिबार लगनखेल स्थिती एक लेडिज पार्लरको उद्घाटन गर्न समय निकालिन । ब्युटिसियन गिता गिरीले सञ्चालनमा ल्याएको ‘मायाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को तेस्रो शाखाको बर्षा सिवाकोटीले रिबन र केक काटेर शुभाराम्भ गरेकी हुन् ।

कार्यक्रममा बर्षालाई पार्लरको तर्फबाट सञ्चालिका गिता गिरी र अन्यले भब्य स्वागत समेत गरेकी थिय भने पार्लरको सफलताको कामना गर्दै ठुलो केक समेत काटिएको थियो । कार्यक्रममा बोल्दै अभिनेत्री बर्षा सिवाकोटीले पार्लरलाई सफलताको शुभकामना समेत दिएकी थिइन । सोही क्रममा सञ्चालिका गिता गिरिले पनि ‘मायाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को जुन सुकै शाखामा गएपनि कलाकारहरुलाई बिशेष छुट दिने बताएकी थिइन ।

कार्यक्रममा वर्षाले आफु अभिनित पछिल्लो सिनेमा ‘बिर बिक्रम २’ हेर्न उपस्थीत पाहुना तथा मायाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक तथा कर्मचारीलाई निम्तो समेत दिएकी थिइन । मायाजको पहिलो शाखा सुर्यबिनायक भक्तपुरमा रहेको छ । भने, दोस्रो शाखा नयाँ बानेश्वरमा छ । बानेश्वर शाखाको गत बर्ष अभिनेत्री सन्चिता लुइँटेलले शुभारम्भ गरेकी थिइन ।