भुवन चन्दद्धारा निर्मित सिनेमा ‘साइनो’को प्रदर्शन मिति पोस्टपोण्ड

भुवन चन्दद्धारा निर्मित सिनेमा ‘साइनो’को प्रदर्शन मिति पोस्टपोण्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निता ढुगांना, मिरुना मगर र राजकुमार स्टारर सिनेमा ‘साईनो’को रिलिज मिति पोस्टपोण्ड गरिएको छ । यसअघि जेठ १० गतेलाई रिलिज मिति तोकिएको सिनेमा सरेर साउन २४ गते पुगेको हो । नेपाली सिनेमाकी प्रथम अभिनेत्री भुवन थापा चन्दले साईनो निर्माण गरेकी हुन् ।

निर्देशक रमेश थापाका अनुसार डबिङ, कलरिङ, मिक्सिङ लगायतका प्राविधिक काम नसकिएकाले सिनेमाको प्रदर्शन मिति २ महिना पछि सारिएको हो । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको सिनेमामामा नीता ढुंगाना, मिरुना मगर र राजकुमारका अलवा भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई लगायतका अन्य कलाकारहरुको अभिनय छ ।सिनेमाको एउटा गीत इन्टरनेटमा रिलिज भइसकेको छ । सिनेमाको अर्को नयाँ गीत चाँडै नै दर्शकमाझ ल्याउने तयारी गरिरहेको निर्माता भुवन थापा चन्दले बताइन् । शरण थापा कार्यकारी निर्माता रहेको सिनेमामा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । सिनेकमलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपालभर वितरणको जिम्मा लिएको छ ।