‘जात्रै जात्रा’मा दर्शकको अपेक्षा र कौतुहलता

‘जात्रै जात्रा’मा दर्शकको अपेक्षा र कौतुहलता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जेठ ३ गते रिलिज हुने ‘जात्रै जात्रा’ आशा गरिएको सिनेमा हो । यसले बक्सअफिसमा मात्र नभएर समिक्षकबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । र यो अपेक्षाको केन्द्रविन्दु हुन्, निर्देशक प्रदीप भट्टराई ।

अहिलेका चिनेगुनेका निर्देशक मध्ये प्रदीपलाई उच्च कोटीमा राखिन्छ । किनकी, यसअघि उनले दुई पटक व्यावसायिक सिनेमामा कलात्मक प्रस्तुति मज्जैले घोलेका थिए । उनले निर्देशन गरेका ‘जात्रा’ र ‘शत्रुगते’ यसका उदाहरण हुन् ।

‘जात्रै जात्रा’को अर्को सकारात्मक पक्ष भनेको निखारिएका कलाकार हुन् । विपिन कार्की, दयाहाङ राई र रविन्द्र झा जस्ता कलाकारले अभिनयको भरमा केहि समय भएपनि दर्शक होल्ड गर्न सक्छन ।

‘जात्रा’मा हराएको २ करोड ८० लाखको रहस्य खोल्दै १० किलो सुन काण्डको बारेमा ‘जात्रै जात्रा’ले वर्णन गर्नेछ । जसको लागि दर्शकमा कौतुहलता पनि सृजना भएको छ । ट्रेलर, गीत/संगीतको लोकप्रियताले दर्शक अँझ सिनेमाको नजिक भएका छन् ।सिनेमामा रविन्द्र सिंह बनियाँ, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राणा, अंशु महर्जन, कृष्णभक्त महर्जन लगायतका कलाकारको पनि अभिनय छ ।