सुनिलको निर्देशनमा ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने

सुनिलको निर्देशनमा ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’को सफलता पश्चात निर्माता सुनिल रावलले वितरक तथा निर्माता गोविन्द शाहीसँग मिलेर होस्टेलको नयाँ सिरिजको ‘होस्टेल ब्याक अगेन’ निर्माण गर्ने भएका छन् । यो सिनेमालाई दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले संयुक्त रुपमा निर्माण गर्ने भएको छ । सिनेमाको सम्पुर्ण छायाँकन अमेरिकामै गरिने सिनेमाका निर्माता मध्यका एक गोविन्द शाहीले बताए ।

यही सिनेमाबाट निर्माता सुनिल रावल निर्देशनमा डेव्यु गर्दैछन् । उनीपछिल्लो समय अमेरिकामै छन् । सुनिलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र ‘होस्टेल’मा बसेका युवा युवतीहरुको विषयलाई मुख्य कथा बुनेर ‘होस्टल ब्याक अगेन’ निर्माण गरिँदै छ । रावलले २०१२ मा निर्माण गरेको पहिलो सिनेमा ‘सायद’बाट संयम पुरी, २०१३ मा निर्माण गरेको ‘होस्टल’बाट अभिनेता अनमोल केसी, ‘होस्टल रिर्टन्स’बाट सुशिल श्रेष्ठ र नाजिर हुसेन डेब्यू गरेका थिए ।आफुले यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्ने पनि सुनिलले बताएका छन् । सिनेमामा कथा स्वयम रावलको हो । यसको पटकथा, संवाद रायन राइजको रहनेछ । हाल स्क्रिप्टको काम भइरहेको पनि सुनिलले जानकारी गराएका छन् । आगामी अगस्टबाट छायाँकन सुरु हुने यो सिनेमाको कलाकार चयन कार्य चाँडै सुरु हुने सुनिलको भनाई छ । अर्का निर्माता गोविन्द शाहीका अनुसार केही कलाकार नेपालबाट अमेरिका छायाँकनका लागि जानेछन् । तर बाँकी कलाकार अडिसनबाट अमेरिकामै चयन गरिने छ । होस्टलका विधार्थीका रुपमा अमेरिकामा नै अध्ययनको शिलशिलामा रहेका नेपाली बिद्यार्थीहरुले सिनेमामा अभिनय गर्नेछन् ।