‘कबड्डी’को तेस्रो सृंखलामा दयाहाङ, उपासना र कर्माको मुख्य भूमिका

‘कबड्डी’को तेस्रो सृंखलामा दयाहाङ, उपासना र कर्माको मुख्य भूमिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कास्टिङका कारण चर्चामा रहेको सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’को आधिकारिक घोषणा गरिएको छ । अब रामबाबु गुरुङले निर्देशन गर्ने सिनेमाको लागि सबै अफवाहको अन्त्य भएको छ । सोमबार राजधानीमा प्रेसमिट आयोजना गरि सुपरहिट सिरिजको तेस्रो सृंखला घोषणा गरियो ।सिनेमाको मुख्य कलाकारमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल फाइनल भएका छन् । भने, प्रदीप खड्का लाइनअपमा छैनन् ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने सिनेमामा कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय रहनेछ ।बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने सिनेमासँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार सिनेमाका निर्माता हुन् ।

जेठ ५ देखि छायाँकनमा जाने सिनेमामा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादनर रोहित शाक्यको पार्श्वसंगीत रहनेछ । सिनेमाको एक्टिङ कोचमा अनुप बराल छन् । भने, समरा जोशी र बिनु शाहीले मेकअपको पाटो सम्हाल्नेछन ।सिनेमाको कला निर्देशकमा सुरेश कार्की/मधुसुदन कार्की, मुख्य सहायक निर्देशकमा सिजन दाहाल/कृष लामा, सहायक निर्देशकमा सुलभ पहारी/याम भण्डारी/किरण लिम्बु र प्रोडक्सन व्यवस्थापकमा शंकर पाण्डे/विष्णु प्रसाद मैनाली छन् ।