असोजमा ‘लभ डायरीज’, रुबीनासँग रोमान्टिक सुशील

असोजमा ‘लभ डायरीज’, रुबीनासँग रोमान्टिक सुशील

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुशील श्रेष्ठ स्टारर सिनेमा ‘लभ डायरीज’को फर्स्टलूक पोस्टर र रिलिज डेट आउट गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री रुबीना थापासँग सुशील रोमान्टिक देखिएका छन् । सौरभ चौधरी निर्देशित सिनेमा असोज ३ गते रिलिज हुनेछ ।सिनेमामा विश्वजित रिमाल विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको पनि मुख्य भूमिका छ । सिनेमामा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिका निर्वाह गरेका छन् । युवा युवती बिचको माया प्रेम र कमेडीलाई प्रस्तुत गरिएको सिनेमा मनोरन्जनात्मकसँगै सन्देशमुलक रहेको निर्माण पक्षले बताएको छ ।विनोद सापकोटाले निर्माण गरेको सिनेमामा सरोज तुलाधरले साझेदारी गरेका छन् । सिनेमामा साहिल खानले एसोसियट निर्देशकको रुपमा पहिलो पटक काम गरेका छन् । सिनेमाको सम्पादन समेत साहिल खान हुन्, जहाँ मिलन श्रेष्ठले पनि सहकार्य गरेका छन् । ‘लभ डायरीज’को छायाँकनमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् ।