तामझामका साथ ‘वीर विक्रम २’को प्रिमियर सम्पन्न

तामझामका साथ ‘वीर विक्रम २’को प्रिमियर सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रिलिज पुर्वसन्ध्यामा ‘वीर विक्रम २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । सिनेकर्मीको राम्रो उपस्थिति रहेको प्रिमियरलाई ‘रोयल प्रिमियर’ नाम दिइएको थियो । जहाँ सिनेमाका मुख्य कलाकारले बाजाको तालमा निलो कार्पेटमा सुन्दरता छरे ।

प्रिमियरमा शिव श्रेष्ठ, भुवन केसी, पूजा शर्मा, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल लगायतका कलाकारले उपस्थिति जनाए । पिङ्क गाउनमा उपस्थित भएकी अभिनेत्री वर्षा सिवाकोटी सबैभन्दा धेरै क्यामरामा कैद भइन । भने, पल शाह, नाजिर हुसेन र बुद्दि तामाङ सुटमा फिट देखिएका थिए ।

रोयल प्रिमियरमा सिनेमाका प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो वितरण गरिएको थियो । घोषणा समारोह होस् वा प्रिमियर, निर्देशक मिलन चाम्सले तयारीमा कुनै कसर बाँकी छोडेनन् । तामझामले गर्दा प्रिमियरमा रौनक छाएको थियो ।

सिनेमा सकिए पश्चात सिनेकर्मीले मुक्तकण्ठाले टिमको प्रसंशा गरे । अधिकाँसले सिनेमा ‘फुलडोज इन्टरटेनमेन्ट’ रहेको प्रतिक्रिया दिँदा निर्मण पक्ष हर्षित बनेको थियो । अभिनयको हिसावमा सबैले कलाकारले राम्रो काम गरेको सिनेकर्मीले बोलेका थिए ।

 

शुक्रबारबाट रिलिज हुने सिनेमामा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि अभिनय छ ।सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।