‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’को लागि मल्टीप्लेक्समा बुकिङ खुल्यो

‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’को लागि मल्टीप्लेक्समा बुकिङ खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबार रिलिज हुने सिनेमा ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’को लागि मल्टीप्लेक्स तर्फ अग्रिम बुकिङ खुला गरिएको छ । दुवै प्रतिक्षित सिनेमाले अग्रिम शोजमा हलिउड सिनेमालाई उछिनेका छन् ।

प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’लाई देशका ठुला मल्टीप्लेक्सले सर्वाधिक ५४ शोज छुट्याएका छन् । भने, मिलन चाम्स निर्देशित ‘वीर विक्रम २’लाई ३५ शोज दिएका छन् । बक्सअफिसमा राम्रो सुरुवात गर्न यतिका शोज प्रयाप्त हुन्छ । अब हेर्न बाँकी छ, विकेन्डसम्म सिनेमाले कस्तो प्रभाव पार्नेछन् ।

हिट सिनेमा ‘जात्रा’को सिक्वेललाई एफएक्स च्यानलले ३२ शोज उपलब्ध गराएको छ । भने, क्युज/सिडिसीले समान ५/५ र एफक्युब/बिग मुभिज/बिएसआरले ४/४ शोज दिएका छन् । त्यस्तै अर्को हिट सिनेमा ‘वीर विक्रम’को सिरिजलाई क्युएफएक्सले २१ शोज दिएको छ । त्यस्तै सिडिसीले ४, एफक्युब/बिग मुभिजले ३/३ र क्युज/बिएसआरले २/२ शोज उपलब्ध गराएका छन् ।

 

मित्रता र चौकोणीय प्रेमकथा ‘वीर विक्रम २’मा पल शाह, नाजिर हुसेन, बुद्दि तामाङ र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । सिनेमाले बुधबार गरिएको प्रिमियरमा सबैबाट तारिफ बटुलेको थियो । त्यसैले बक्सअफिसमा राम्रो अंक ल्याउने अनुमान गरिएको छ ।

त्यस्तै १० किलो सुन काण्डको कथामा घुम्ने ‘जात्रै जात्रा’मा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दयाहाङ राई र वर्षा राउतको मुख्य भूमिका छ ।