शनिबार ‘वीर विक्रम २’ हाउसफूल, प्रतिक्रिया लिन हल पुगे कलाकार

शनिबार ‘वीर विक्रम २’ हाउसफूल, प्रतिक्रिया लिन हल पुगे कलाकार

द सिनेमा टाइम्स
0
Shares

 

द सिनेमा टाइम्स, काठमाडौं – जेठ ३ गते अर्थात् हिजो शुक्रवारदेखि प्रदर्शनमा आएको सिनेमा ‘वीर विक्रम २’ हेर्न हलमा दर्शक उर्लेका छन् । शुक्रवार सुखद व्यापार गरेको यो सिनेमाले शनिवार राजधानी र मोफसलका हलहरुमा हाउसफुकोको व्यापार गर्यो । सिंगलमा आक्रामक देखिएको व्यापार मल्टीप्लेक्समा पनि उच्च रह्यो ।

सिनेमाको प्रतिक्रिया लिनका लागि निर्माण टिम हल–हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो । हलमा कलाकारलाई भेट्न पाउँदा फ्यानले खुशी व्यक्त गरेका थिए । सिनेमा हेर्न आएका दर्शकले पल शाहलाई ‘पल पल’ भन्दै हूटिङ गरेका थिए । सिनेमा हेर्न आएका दर्शकले शीर्ष कलाकार नाजिर हुसेन, बुद्धि तामाङ र वर्षा शिवाकोटीको पनि खुलेर तारिफ गरे । दर्शकले हलबाहिर ‘एक, दुई, तीन छेपारो छिन्’ संवाद बोल्दै कलाकारको हौसला बढाएका थिए ।

मिलन चाम्सले निर्देशन गरेको सिनेमा प्रेम र मित्रताको कथामा आधारित छ । सिनेमामा पल शाहले ‘वीर’, नाजिरले ‘विक्रम’, वर्षाले ‘बादल’ र बुद्दी तामाङले ‘बाघ बहादुर’को भूमिका निर्वाह गरेका छन् ।
यसअघि कमेडी भूमिकामा रुचाइएका बुद्धिलाई ‘वीर विक्रम २’मा कमेडीसँगै बोनसमा खलनायकको भूमिकामा पनि देख्न सकिन्छ । सिनेमामा प्रदीप भारद्वाजको कथा रहेको छ । सिनेमा हेरेका दर्शकले ‘वीर विक्रम २’ले मन जितेको प्रतिक्रिया दिएका छन् ।