‘माया बस्छ कि के हो’बाट सोनाल र कस्मताको डेब्यु

‘माया बस्छ कि के हो’बाट सोनाल र कस्मताको डेब्यु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शरद अधिकारीको प्रस्तुति रहने फिल्म ‘माया बस्छ कि के हो’को घोषणा गरिएको । आइतबार राजधानीमा प्रेसमिट गर्दै निर्माण पक्षले सिनेमाको बारेमा केहि जानकारी बाँड्यो ।

राजु अधिकारीले निर्देशन गर्ने लभस्टोरी सिनेमामा सोनाल तामाङ र कस्मता निरौलाले जोडी बाँध्नेछन् । दुवैको लागि यो डेब्यु सिनेमा हो । कलाकार पूर्ण नभैसकेको टिममा धुर्व दत्त र बेनी ढुंगाना पनि अभिनयका लागि तय भैसकेका छन् ।

असार दोस्रो साताबाट फ्लोरमा जाने सिनेमालाई युरोपको लण्डन र स्कटल्याण्डमा खिचिनेछ । सिनेमाको छायाँकारमा  रबिन्द्र बराल रहनेछन् । जनकपुर मिडिया हाउस प्रालिको व्यानरमा बन्ने सिनेमामा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा/संवाद र अर्जुन पोखरेलको संगीत रहनेछ ।

सिनेमाको कार्यकारी निर्मातामा बहादुर सिंह तामाङ (लामा) र कृष्ण गिरी छन् । स्कटल्याण्ड छायाँकनको लागि संयोजकको रुपमा प्रकाश अर्याल र दीपेश रेग्मीले काम गर्नेछन् ।

निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ र चलचित्र निर्माता संघका महासचिव रोज राणाले सिनेमालाई सफलताको शुभकामना दिएका थिए ।