रिलिज भयो ‘घर’, प्रेस शोमा तर्सिए पत्रकार

रिलिज भयो ‘घर’, प्रेस शोमा तर्सिए पत्रकार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत यो साता नेपाली बक्सअफिसमा अर्पण थापा निर्देशित हरर सिनेमा ‘घर’ प्रदर्शनमा आएको छ । सुरक्षा पन्त, वेनिशा हमाल र निर्देशक थापाकै मुख्य भूमिका रहेको सिनेमा सम्भवत: वर्षकै एक मात्र हरर हुनेछ ।

नेपालमा हरर सिनेमा रुचाउने दर्शकको जमात धेरै छ । तर, वर्षेनी हरर सिनेमा नबन्दा दर्शक विदेशी सिनेमाको भर पर्नु परेको छ । त्यसैमा नेपालमा हरर सिनेमा राम्रो बन्दैनन् भन्ने खालको भ्रम छ ।

गत साल निर्देशक थापाले हरर जनराकै ‘सुनकेसरी’मा जोखिम मोलेका थिए । तर, व्यावसायिक र समिक्षात्मक रुपमा असफल भएपनि उक्त सिनेमाले हरर जनराकै उत्कृष्ट ओपनिङ गरेको थियो ।

प्रेस शोमा रुचाइयो 

प्रदर्शनको पहिलो दिन निर्माण पक्षले राजधानीमा सिनेमाको प्रेस शो आयोजना गरेको थियो । निर्देशक थापा, कलाकार सुरक्षा पन्त र निमात्री शर्मिला पाण्डे उपस्थित शोमा पत्रकारले सिनेमा रुचाए ।

‘सुनकेसरी’मा दर्शक नडराएको भन्ने प्रतिक्रिया पाएका अर्पणले ‘घर’ हेर्दा आफ्नै अगाडी दर्शक डराएको देखे । शो पश्चात दर्शकले सिनेमाको हरर पाटोको खुलेर तारिफ गरेका थिए ।