‘लभ यु हमेशा’को टिजर रिलिजसँगै नयाँ प्रदर्शन मिति घोषणा

‘लभ यु हमेशा’को टिजर रिलिजसँगै नयाँ प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – लभस्टोरी कथामा निर्माण भएको यशराज गराच, ऋचा थापा र फिजा योन्जन स्टारर सिनेमा ‘लभ यु हमेशा’को टिजर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति पक्का गरिएको छ । यस अघि भाद्र ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लभ यु हमेशा’ अब भाद्र २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार राजधानीमा आयोजित टिजर रिलिज कार्यक्रममा सिनेमाको प्रदर्शन मिति ३ साता पर सारिएको जानकारी दिइयो ।सिनेमालाई भाष्कर प्रधानले निर्देशन गरेका हुन् । धर्मा क्रिएसनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता यवन गुरुङ हुन् । भने सिनेमामा मिलन गुरुङ सह-निर्माताको रुपमा रहेका छन् । ‘लभ यु हमेशा’मा यशराज गरच, ऋचा थापा र फिजा योन्जन अलवा शिसिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा छायाँकन गरिएको सिनेमाको केही दृश्य सिंगापुर र फिलिपिन्समा समेत खिचिदैछ । निर्देशक भास्करकै कथा, शिब ढकालको छायांकन, एनबि महर्जनको द्धन्द्ध निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ । ‘लभ यु हमेशा’को बितरण रिच इन्टरटेनमेन्ट र आरआर फिल्मस्ले गर्दैछ ।