दिपेन्द्रको ‘आमा’मा सुर्यमालाको ठाउँमा मिथिलाको प्रवेश

दिपेन्द्रको ‘आमा’मा सुर्यमालाको ठाउँमा मिथिलाको प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा निर्माण भैरहेको सिनेमा आमाको मुख्य कलाकारमा मिथिला शर्माको प्रवेश भएको छ । यस अघि उक्त भुमिकामा कलाकार सुर्यमाला खनाल अनुबन्धित भएकी थिइन् । सूर्यमालाले आफ्नो भागका केही दृश्यको छायांकन समेत गरिसकेकी थिइन् ।

असार १५ गतेबाट छायाँकन सुरु गरिएको सिनेमा आमाको हाल नेपालमा सोचे अनुरुप पानि नपरेको भन्दै निर्देशक खनालले छायाँकन रोकेका छन् । सिनेमाका अधिकांश दृश्यमा पानी आवश्यक पर्ने दिपेन्द्रले बताए । निर्देशक दिपेन्द्र के खनालका अनुसार कथाले मागे अनुसारको दृश्यमा काम गरिरहेकाले सिनेमाको छायांकन लम्बिने देखिएको छ ।यसैले, सूर्यमालाले निर्माण टिमको सहमतीमा नै सिनेमा छाडेको वुझिएको छ । उक्त बिषयमा निर्देशक खनालले भने–‘हो, उहाँको असोजमा अमेरिका जानुपर्ने भएकाले सिनेमा छाड्नुभयो । मैले सिनेमाका दृश्यमा कुनै पनि संझौता नगरी काम गरिरहेको छु । यसैले, हाम्रो छायांकन दैनिक जसो भैरहेको छैन ।’

अब, सूर्यमालाले निर्वाहा गर्ने भनिएको भूमिका कलाकार मिथिला शर्माले निर्वाहा गर्ने्छिन् । मिथिलाले साउन ११ गतेबाट सुटिङ सुरु गर्ने निर्देशक खनालले जानकारी दिए । शर्मिला पाण्डेको लगानीमा निर्माण भैरहेको सिनेमाका सह निर्माता सन्तोष अधिकारी हुन् । सिनेमालाई आगामी फागूण्नको ९ गतेबाट प्रदर्शन गर्ने तयारीका साथ छायाँकन थालिएको छ ।सिनेमामा अब मिथिला शर्माले अभिनेत्री सुरक्षा पन्तको आमाको भुमिका निर्वाह गर्नेछिन् । निर्देशक खनाल अहिले सिनेमाका अन्य कलाकारको दृश्यको छायाँकन गरिरहेका छन् । देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको लगायतका कलाकार पनि अभिनय रहने छ ।