‘एभेन्जर्स’ बन्यो विश्वकै ठुलो ग्रसर, ८६ औँ दिनमा तोडियो ‘अवतार’को रेकर्ड

‘एभेन्जर्स’ बन्यो विश्वकै ठुलो ग्रसर, ८६ औँ दिनमा तोडियो ‘अवतार’को रेकर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अन्तत: ‘एभेन्जर्स: इन्ड गेम’ विश्वकै सर्वाधिक व्यापार गर्ने सिनेमा बनेको छ । एन्थोनी रुसो र जोय रुसो निर्देशित सिनेमाले घरेलु रिलिजको ८६ दिन लगाएर १० वर्षे लामो ‘अवतार’को रेकर्ड तोड्न सफल भयो ।बक्सअफिस मोजोको अफिसियल जानकारी अनुसार ‘एभेन्जर्स: इन्ड गेम’को कलेक्सन २,७९०.२ मिलियन अमेरिकी डलर पुगेको छ । ‘अवतार’को लाइफटाइम कलेक्सनलाई पछाडी छोड्दै ‘एभेन्जर्स’ले ५ लाख बढी अमेरिकी डलर कमाई सकेको छ । २००९ मा रिलिज भएको जेम्स क्यामरून निर्देशित ‘अवतार’ले २,७८९.७ मिलियनको व्यापार गरेको थियो ।

२००९ को डिसेम्बर १८ मा रिलिज भएको ‘अवतार’ घरेलु बक्सअफिसमा २३४ दिन टिकेको थियो ।