रेनेशाको ‘आइएम ट्वान्टी वन्’मा धिरजको जोडी जसिता

रेनेशाको ‘आइएम ट्वान्टी वन्’मा धिरजको जोडी जसिता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरियोग्राफर हुँदै ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशक बनेकी रेनेशा वान्तवा राई राणाको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘आइएम ट्वान्टी वन्’को घोषणा गतवर्ष नै गरिएको थियो । सिनेमामा मुख्य अभिनेताको रुपमा ‘इन्टु मिन्टु लण्डनमा’ डेव्यु धिरज मगरलाई पक्का गरिएको थियो । तर, धिरजको अपोजिटमा अभिनय गर्ने अभिनेत्रीको टुङ्गो लागेको थिएन् । बेलाबेला अभिनेत्री जसिता गुरुङसँग धिरजको जोडी बाधिने खबर बाहिरिने गरेका थिए ।अन्ततः उक्त खबर साँचो भएको छ । ‘आइएम ट्वान्टी वन्’मा धिरजको जोडीको रुपमा जसिता गुरुङलाई अनुबन्धित गरिएको छ । आइकोर फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमाको छायाँकन तिहार लगत्तै सुरु गरिने छ । स्रोतका अनुसार ‘आइएम ट्वान्टी वन्’ को वर्कसप गर्न जसिता यसै साता लण्डनबाट नेपाल आउँदैछिन् । भने, धिरज नेपाल पुगिसकेका छन् ।

प्रज्वल शमसेर जबराको लगानीमा निर्माण हुने सिनेमामा जसिता र धिरज बाहेक अन्य कलाकार कोको रहन भन्ने बारेमा केही बताइएको छैन् । रेनेशालाई डेव्यु सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ पश्चात सम्भावना बोकेकी निर्देशकको रुपमा हेरिएको छ । यो सिनेमाले नेपाली वक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।