विदेश पश्चात ‘भिडियो पसल’ अब नेपालमा पनि !

विदेश पश्चात ‘भिडियो पसल’ अब नेपालमा पनि !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय नेपाली सिनेमाको बजार विस्तार गर्ने थुप्रै प्रयासहरु भैरहेका छन् । जसमध्ये सवैभन्दा सजिलो बजार हो अनलाईन पोर्टल अर्थात डिजिटल प्लेटफर्म । यसमा पनि विभिन्न तरिकाले सिनेमा हेर्न सकिन्छ । नेपालले प्रयोगमा ल्याएको माध्यम भने सामाजिक सञ्जाल युट्युब मात्र हो । तर, पछिल्लो समय आईफ्लिक्स र नेटफ्लिक्स जस्ता केही मात्रामा एप्सको पनि प्रयोग भैरहेको छ ।

यस्तैमा ओएआर डिजिटलले नेपाली सिनेमाको बजार विस्तारको लागी नयाँ एप्स सार्वजनिक गरेको छ । उक्त एप्सलाई ‘भिडियो पसल’नाम दिएको छ । ‘भिडियो पसल’अन्य देशहरुमा पनि उपलब्ध छ । नेपाली सिनेमा र नेपालीका लागि भने ‘भिडियो पसल’को सम्पूर्ण व्यवस्थापन अधिकार ओएसआर डिजिटलसँग सुरक्षित रहेको जनाईएको छ ।ओएसआर डिजिटलले एक विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा संचालन भईरहेको ‘भिडियो पसल’ एप्स नेपालमा संचालनमा आएको जनाएको हो । प्रबन्ध निर्देशक ओम अग्रवाल हस्ताक्षरित विज्ञप्तीमा ‘भिडियो पसल’ नेपाली सिनेमा क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका साथै बजारको दायरालाई फराकिलो बनाउन संचालनमा ल्याईएको बताईएको छ ।

हलमा रिलिजकै दिन पनि ‘भिडियो पसल’मा सिनेमा रिलिज गर्न सकिने योजना रहेको छ । तर, हाललाई रिलिज भईसकेको सिनेमालाई विश्वभरीका दर्शक समक्ष एकै पटक पुराउने लक्ष्यले ‘भिडियो पसल’ संचालनमा ल्याईएको हो । ‘भिडियो पसल’ मा न्युनतम शुल्क तिरेर नयाँ नयाँ सिनेमाहरु हेर्न पाईनेछ । केही सिनेमाहरु भने निशुल्क हेर्ने व्यवस्था पनि गरिएको छ ।मोबाईल एप्सबाट विश्वको कुनै पनि कुनाबाट यो एप्स प्रयोग गरि नेपाली सिनेमा हेर्न सकिनेछ । निर्माताहरुको लागि यो नयाँबजार हुन सक्ने अनुमान ओएसआर डिजिटलको छ । यसबाट प्राप्त शेयर भने निर्माण कम्पनी र निर्माता बीच आपसी सहमतिमा हुने ओएसआरका प्रतिनिधी रुपेन्द्र खड्गीले बताएका छन् । ‘भिडियो पसल’बाट सिनेमा कपि हुने, डाउनलोड हुने र लिक हुन सक्ने संभाव्यता शुन्य रहेको ओएसआर डिजिटलले जनाएको छ ।