सन्नीको नेपाल आउने वाचा, भन्छिन ‘विश्वकै मनपर्ने ठाउँ नेपाल’

सन्नीको नेपाल आउने वाचा, भन्छिन ‘विश्वकै मनपर्ने ठाउँ नेपाल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाल आउने वाचा गरेकी छन् । भदौ २७ गते रिलिज हुने सिनेमा ‘पासवर्ड’को प्रमोसन र प्रिमियरमा सहभागी हुने खबर भिडियोद्वारा सार्वजनिक गरेकी सन्नी नयाँ भिडियो पठाएकी छन् ।गीत छायाँकनको क्रममा लिइएको उक्त भिडियोमा सन्नीले जसरी पनि नेपाल आएर ‘पासवर्ड’ सिनेमा ठुलो पर्दामा हेर्ने वाचा गरेकी छन् । साथै, आफुलाई विश्वकै मनपर्ने ठाउँ नेपाल पनि बताएकी छन्। सम्राट बस्नेत निर्देशित सिनेमामा सन्नीले केहि दृश्यमा अभिनय गरेकी छन् । भने, एक आइटम गीतमा नृत्य पस्केकी छन् ।

सिनेमामा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि रानालगायतका कलाकारको पनि अभिनय छ ।

सन्नीकै कारण चर्चामा रहेको सिनेमाको ट्रेलर शनिबार रिलिज हुँदैछ । लण्डनमा छायांकन गरिएको सिनेमामा बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतको लगानी छ ।