स्थलमार्गहुँदै स्वदेश फर्कीइन मनिषा कोइराला

स्थलमार्गहुँदै स्वदेश फर्कीइन मनिषा कोइराला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेत्री मनिषा कोइराला जन्म देश नेपाल फर्किएकी छन् । मंगलबार स्थलमार्गको माध्यमबाट बेलहिया (भैरहवा) नाकाहुँदै मनिषा नेपाल भित्रिएकी हुन् ।

तस्विर: अन्नपूर्ण पोस्ट

उनि आफ्नो बुबा र आमासँग निजी गाडीमा स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताएका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालले सार्वजनिक गरेको नयाँ नक्सामा दिएको प्रतिक्रियाले भारतीय मिडियाको तारो बनेकी मनिषा नेपाल भित्रिएपछि नेपालीहरुले सामाजिक संजालमा स्वागत गरेका छन् ।

भारतीय मिडियाले उनलाई बिभिन्न लाञ्छना लगाउदा सारा नेपालीले नेपाल फर्कन र भारतसँग नडराउ आग्रह गरेका थिए । एक्कासी नेपाल आएपनि उनको आगमनको कारण भने खुलेको छैन ।