चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्षमा पदमा दयाराम दाहाल नियुक्त भएका छन् । सिनेमा निर्देशन, गीत लेखन र निर्माणको विधामा लामो अनुभव संगालेका दाहाललाई विहिबार बसेको मन्त्रीपरिषदको बैठकले नियुक्त गरेको हो ।

दाहाल यस संस्थाका वर्तमान सदस्यसमेत हुन् । उनिसहित बोर्ड अध्यक्षमा १० जना सिनेकर्मीले रेस लगाएका थिए । त्यसमध्ये अभिनेता भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहाल अन्तिम रेसमा सिफारिस गरिएको थियो ।

गत मंसीर २९ मा तत्कालिन अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि सिनेमा क्षेत्रको सर्वोच्च संस्था लिडरविहिन बनेको थियो ।

बोर्डमा दाहालको अब २ वर्षे कार्यकाल रहनेछ । उनको उपस्थिति सिनेमा क्षेत्रको  फलदायी हुने अपेक्षा गरिएको छ ।