कोरोना सम्वन्धि सिनेमाको स्क्रिप्टमा व्यस्त सुदर्शन

कोरोना सम्वन्धि सिनेमाको स्क्रिप्टमा व्यस्त सुदर्शन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमामा लभस्टोरी सिनेमा बनाउन माहिर निर्देशक सुदर्शन थापा नयाँ सिनेमाको तयारीमा जुटेका छन् ।


करिब २ महिनादेखि स्क्रिप्टमा बसेका सुदर्शनले यसपटक समसायिक विषयमा सिनेमा बनाउन लागेको जानकारी दिए । ‘विगत २ महिनादेखि समसामयिक विषय कोरोनामा स्क्रिप्ट लेखिरहेका छौँ । स्क्रिप्ट अन्तिम चरणमा पुगेको छ । स्क्रिप्ट लक्ड हुन वितिकै कलाकारको लागि अडिसन खुल्ला गर्छौँ । कोरोना साम्यहुँदै गएपछि यसको बारेमा विस्तृत जानकारी दिनेछौँ ।’ सुदर्शनले द सिनेमा टाइम्ससँग भने ।

सुदर्शन निर्देशित ‘सम्हालिन्छ कहिले मन’ र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको तयारीमा छन् । फागुन ३० मा रिलिज हुने भनिएको ‘म यस्तो गीत गाउँछु २’ कोरोना महामारीका कारण पोस्टपोन्ड भएको थियो ।

यस्तै ‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति भदौ ५ लाई तोकिएको थियो । लकडाउनका कारण सिनेमा हलहरु दशैँ अगाडी नखुल्ने अवस्थामा  यो सिनेमाको रिलिज स्वत: स्थगित हुनेछ ।

यी दुई सिनेमाको रिलिज टुंगो लागेपछि मात्रै कोरोना सम्वन्धि सिनेमा फ्लोरमा जाने सुदर्शनले बताए ।