नयाँ र अनुभवी कलाकार लिएर मौनता श्रेष्ठले ‘आँधी तूफान २’ बनाउने

नयाँ र अनुभवी कलाकार लिएर मौनता श्रेष्ठले ‘आँधी तूफान २’ बनाउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बि.स. २०६१ सालको व्यवसायिक सफल सिनेमा ‘आँधी तूफान’को सिक्वेल निर्माण हुने भएको छ । स्क्रिप्ट राइटर तथा निर्माता मौनता श्रेष्ठले लेडी एक्सनमा आधारित रहने ‘आँधी तूफान २’ निर्माण गर्ने घोषणा गरेका हुन् ।

लकडाउन सिनेमाको स्क्रिप्ट तयार भैसकेको र भदौदेखि छायांकनमा जाने मौनताले बताए । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाका निर्देशक र कलाकार भने छनोटको क्रममा छन् ।

महेन्द्र बुढाथोकीले निर्देशन गरेको ‘आँधी तूफान’मा पूजना प्रधान, ऋचा घिमिरे र रन्जु लामिछानेको मुख्य भूमिका थियो । यसको सिक्वेल पनि नारीप्रधान नै हुने बताइएको छ ।

‘नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण तथा अत्याचार अनि नारी जागरणको विषयलाई प्रमुखताका साथ उठान गर्दैछु ।’ मौनताले भने ‘केहि नयाँका साथमा केहि अनुभवी कलाकारहरुलाई प्रस्तुत गर्नेछौँ ।’

कार्यकारी निर्माता रत्न श्रेष्ठले सिनेमाको कथाबस्तु रुचाएर उत्साहित बनेकोसमेत मौनताले बताएका छन् ।