‘द मस्ट वान्टेड’ निर्देशकले सिनेमा ‘कालुराम’ बनाउने

‘द मस्ट वान्टेड’ निर्देशकले सिनेमा ‘कालुराम’ बनाउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘द मस्ट वान्टेड’ डेब्यु निर्देशक दिनेश पौडेलले नयाँ सिनेमा ‘कालुराम’ निर्देशनको घोषणा गरेका छन् । समसामयिक प्रेमकथामा बन्ने सिनेमाको छायांकन कोरोना अन्त्यपछि हुनेछ ।

लकडाउनको समयमा घर बसेरै स्क्रिप्ट तयार गरेका पौडेलले सिनेमाका लागि तीन वटा गीत पनि स्वरांकन गराईसकेका छन् । उनका अनुसार सिनेमाका लागि केहि कलाकार तय भैसकेका छन् । भने, केहि छनोट चरणमा छन् ।

डिपी फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने सिनेमामा कमला ढकालको लगानी रहनेछ ।

सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो गर्दा म्यजिक केहि मात्रामा छायांकनमा उत्रेका छन् । यस्तै लकडाउनको खुकुलोपनलाई हेरेर नयाँ सिनेमा घोषणा हुन् थालेका छन् ।