‘म त तिम्रै हुँ’ निर्देशकले प्रेमकथामा आधारित दोस्रो सिनेमा बनाउने

‘म त तिम्रै हुँ’ निर्देशकले प्रेमकथामा आधारित दोस्रो सिनेमा बनाउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘म त तिम्रै हुँ’ डेब्यु निर्देशक श्रीराम महतले नयाँ सिनेमा बनाउने खबर साझेदारी गरेका छन् । यस अनटाइटल प्रोजेक्टको लागि उनले एक आइटम गीत पनि रेकर्ड गराएका छन् ।

राजधानीको एकेवस्टिक रेकर्डिङ स्टुडियोमा गायिका टिका प्रशाईले उक्त गीतमा स्वर दिएकी छन् । गीतकार हिराकाजी थापाले लेखेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् । गीत रेकर्ड गराएपछि गायिका प्रशाईले फरक खालको आइटम गाउँदा खुसि मिलेको र गीतले सफलता पाउने विश्वास व्यक्त गरिन ।

निर्देशक महतले सिनेमामा चार गीत समावेश गरिने बताए । ‘यसपटक आफ्नै कथामा सिनेमा बनाउदै छु । चार गीत समावेश सिनेमा पूर्णत प्रेमकथामा आधारित हुनेछ । लकडाउनको सहज वातावरण छनोट गरेर सिनेमाको औपचारिक घोषणा गर्नेछौँ ।’ श्रीरामले भने ।

सिनेमामा दुई अभिनेत्री र एक अभिनेता हुनेछन । जसमध्ये एक अनुभवी र एक नयाँ अभिनेत्री रहने बताइएको छ ।

श्रीराम निर्देशित पहिलो सिनेमा ‘म त तिम्रै हुँ’बाट अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री ज्योत्सना योगीले नेपाली रजतपटमा डेब्यु गरेका थिए । अहिले आकाश व्यस्त अभिनेताको रुपमा गनिन्छन । अभिनेत्री सुस्मिता बम्जन केसीले निर्माण गरेको यो सिनेमा पनि प्रेमकथामा आधारित थियो ।