ऋचाले लन्च गरिन ‘चलचित्र टिभी’ वेवसाइट

ऋचाले लन्च गरिन ‘चलचित्र टिभी’ वेवसाइट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री ऋचा शर्माले इन्टरनेटमा सिनेमा हेर्न मिल्ने गरि ‘चलचित्र टिभी‘  (WWW.chalchitra.tv)नामक वेवसाइट लन्च गरेकी छन् । मोबाइलको लागि ‘एप’ भने केहि दिनमा मात्र सार्वजनिक हुनेछ ।

यो एपबाट विश्वभर नेपाली सिनेमा हर्न सकिनेछ । सुरुवातमा यो एपले ‘छ माया छपक्कै’, ‘छक्का पन्जा ३’ र दाल भात तरकारी’ जस्ता व्यावसायिक सफल सिनेमालाई प्रिमियर गर्दैछ । यी सिनेमाको प्रिभ्यु उक्त वेवसाइटमा डाउनलोड गरिएको छ ।

‘एनड्रोइड सिस्टमका लागि केहि दिनमा एप सार्वजनिक हुनेछ । भने, आइफोन प्रयोगकर्ताका लागि साता-दिनमा एप लन्च गर्नेछौँ । वेवसाइट लन्च गरेलगतै १५ सय बढी यसको सदस्य बनिसक्नु भएको छ । आशा छ, नेपालको परिवेशमा यो सफल हुनेछ ।’ ऋचाले भनिन् ।

दर्शकको लागि अहिलेसम्म केहि पैसा तिरेर इन्टरनेटमा सिनेमा हेर्न कुनै पनि एप सार्वजनिक भएको छैन । तर, युट्युब र आइफ्लिक्सजस्ता वेवसाइटबाट नेपाली सिनेमा सितैमा हेर्न सकिन्छ ।