देशभक्ति गीतमा प्रदीप, रिलिज भयो टिजर

देशभक्ति गीतमा प्रदीप, रिलिज भयो टिजर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अहिलेका ‘हाइ डिमान्डेड’ अभिनेता प्रदिप खड्काले म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनको सोलो पर्फमेन्स रहेको गीत ‘जय जय नेपाल’ बोलको टिजर सार्वजनिक गरिएको छ ।

यसअघि पनि एउटा देशभक्ति गीतमा अभिनय गरेका प्रदीप यस नयाँ गीतमा भिन्न अवतारमा प्रस्तुत भएका छन् । उक्त अवतारमा उनि प्रभावशाली देखिएका छन् ।

सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दास र विपिन घिमिरेले आवाज दिएको गीतमा प्रदीपसँगै नीति शाहको पनि अभिनय छ । तर, नीतिलाई टिजरमा स्थान दिइएको छैन ।

अशोक शेरचनको शब्द रचना र एलिश कार्कीको संगीत रहेको गीतको भिडियोमा रुपेश थापाको छायांकन/सम्पादन र नितिन चन्दको निर्देशन छ ।