धिरज र जसिताको ‘आइ एम ट्वान्टी वान’ २०२१ मा रिलिज हुने

धिरज र जसिताको ‘आइ एम ट्वान्टी वान’ २०२१ मा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘इन्टु मिन्टू लण्डनमा’ निर्देशक रेनाषा वान्तवा राईले आफ्नो आगामी सिनेमा ‘आइ एम ट्वान्टी वान’ २०२१ मा रिलिज हुने जानकारी दिएकी छन् । प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेको सिनेमा छिट्टै नै फ्लोरमा जाने उनले बताइन ।

आफ्नो फेसबुक अकाउन्टमा सिनेमाका मुख्य कलाकार जसिता गुरुङ र धिरज मगरको फोटो शेयर गर्दै रेनाषा लेख्छिन ‘अलमोस्ट दिअर डिजे कपल । आइ एम ट्वान्टी वान, दिस २०२१’

घोषणा भएको झन्डै २ वर्षसम्म पनि फ्लोरमा जान नसकेको सिनेमा नेपालमै छायांकन हुनेछ । घोषणाताका सिनेमा २०७६ को दशैँमा रिलिज गरिने बताइएको थियो । तर, आउँदै गरेको दशैँमा पनि सिनेमा रिलिज हुने छैन । जसिता र धिरजको केमेस्ट्री हेर्न दर्शकले २०२१ सम्म कुर्नुपर्नेछ ।

सिनेमा होम प्रोडक्सन आइकोर फिल्मस्को व्यानरबाट निर्माण हुनेछ ।

‘आइ एम ट्वान्टी वान’ घोषणापछि रेनाषाले अभिनेत्री रेखा थापाको अनटाइटल प्रोजेक्ट साइन गरेकी थिइन् । तर, उक्त सिनेमा तत्कालका लागि रोकिएको छ । रेखा उता अभिनेता सौगात मल्ल र दयाहाङ राईलाई लिएर नयाँ सिनेमा बनाउदै छिन ।

यसै बीचमा रेनाषाले पनि ‘आइ एम ट्वान्टी वान’को काम सुरु गरेकी हुन् । कोरियोग्राफीमा ख्याति कमाएकी रेनाषाले दुई वर्ष अगाडी ‘इन्टू मिन्टू लण्डनमा’बाट निर्देशकीय यात्रा थालनी गरेकी थिइन् । उक्त सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । पहिलो सिनेमाबाटै रेनाषाले सम्भावना बोकेकी निर्देशकको रुपमा आफुलाई चिनाइन ।