अमेजन प्राइममा रिलिज भयो ‘चिनी कम रंग कडा’

अमेजन प्राइममा रिलिज भयो ‘चिनी कम रंग कडा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘चिनी कम रंग कडा’ अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । हाललाई यो सिनेमा अमेरिका र बेलायतमा मात्र हेर्न मिल्छ । नेपालका लागि भने केहि समयपछि प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी गराएको छ ।


मानव सुवेदी, सुशील सिटौला, अनु थापा, रविनजंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेललगायातका कलाकारले अभिनय गरेको सिनेमाका ट्रेलर र गीत युट्युबमा रिलिज भैसकेका छन् ।

विवेक घिमिरेले निर्देशन गरेको सिनेमामा गणेशदेव पाण्डेको लगानी तथा लेखन छ । सिनेमामा मानव सुवेदीको संगीत, याचोपो रचलिक/लुका मौचेरीको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।

कोरोना महामारीका कारण हलहरु बन्द हुँदा सिनेमा ओटिटि प्लेटफर्ममा रिलिज भैसकेका छन् । ‘कोपिला’, ‘हिरो रिटर्न्स’ जस्ता सिनेमा टेलिभिजनमा रिलिज भएपनि अनलाइनमा भने रिलिज हुने ‘चिनी कम रंग कडा’ नै सिनेमा हो ।