वैवाहिक जीवनमा बाँधिए संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल

वैवाहिक जीवनमा बाँधिए संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली फिल्मी संगीतमा रोमान्टिक गीत सिर्जना गर्न माहिर संगीतकार अर्जुन पोखरेल र चर्चित गायिका दुर्गा खरेल वैवाहिक जीवनमा बाँधिएका छन् । कोरोना भाइरस महामारीका बीच यो सांगीतिक जोडीले एक मन्दिरमा सात जन्म नछुट्टिने कसम खाए ।

नजिकका आफन्त र सिनेकर्मीलाई विवाहमा निम्तो दिइएको थियो । कोरोना महामारी मत्थर भएपछी अर्जुनले रिसेप्सन पार्टी दिने बताएका छन् ।

अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएरहेका अर्जुन र दुर्गाले थुप्रै गीतमा सहकार्य गरेका छन् । अर्जुन अहिलेका सर्वाधिक व्यस्त संगीतकारको सुचीमा गनिन्छन ।