कोरोना प्रभाव, समस्या र समाधान विषयमा पत्रकार ध्रुव, बिष्णु, मनोज र रीनाको लेख उत्कृष्ट

कोरोना प्रभाव, समस्या र समाधान विषयमा पत्रकार ध्रुव, बिष्णु, मनोज र रीनाको लेख उत्कृष्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको ‘कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, समस्या र समाधान’ विषयक लेख/रचनाको नतिजा सार्वजनिक गरिएको छ ।

विदुर गिरी, शान्तिप्रिय, दीपेन्द्र लामा, जीवन कुमार पराजुली, समीर बलामीको छनोट समितिले पत्रकार ध्रुव लम्सालको लेखलाई उत्कृष्ट छनोट गरेको छ । यस्तै विष्णु शर्माको लेख दोस्रो, मनोज न्यौपानेको लेख तेस्रो र रीना मोक्तानको लेखलाई चौथों घोषणा गरिएको छ ।

संघले दिएको जानकारी अनुसार १३ वटा लेखबाट छनोट प्रक्रिया सुरु गरिएको थियो । मापदण्डमा रहेर मुल्यांकनको आधारमा ८ लेख छनोट गर्दै अन्तिममा ४ लेखलाई उत्कृष्ट ठहर गरेको बताएको छ ।

अनुकुल समयमा उत्कृष्ट चार जनालाई क्रमस १५ हजार, १० हजार र ५-५ हजार (कर बाहेक)सहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

विज्ञप्ति:-