भाई सम्झिदै राजेशले शेयर गरे भावुक स्टाटस

भाई सम्झिदै राजेशले शेयर गरे भावुक स्टाटस

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – महानायक राजेश हमालका भाई राकेश हमालको बुधबार निधन भएको छ । दिल्लीस्थित ह्याम्स अस्पतालमा लिभर उपचारको क्रममा राकेशको निधन भएको हो ।

भाईको निधन पश्चात राजेशले सामाजिक संजालमा भावुक पोस्ट गरेका छन् । बाल्यकालको फोटो शेयर गर्दै राजेश लेख्छन, ‘गुड बाई काकु । तिमीले सधैँ शान्ति पाउनु ।’

राजेश र राकेश दुवैको परिवार काठमाडौँको कपूरधारास्थित निवासमा सँगै बस्दै आइरहेका थिए । राजेश र राकेश बाल्यकालदेखि नै नजिक थिए । राकेशका एक पत्नी र दुई सन्तान छन् ।

राकेशको पार्थिव शरीर अन्तेष्टिका लागि काठमाडौँ ल्याइदैछ । उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा हुनेछ ।