भाई वितेको चौथों दिनमा हमालको सकारात्मक संदेश

भाई वितेको चौथों दिनमा हमालको सकारात्मक संदेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो एक महिना महानायक राजेश हमालका लागि तनावपूर्ण रह्यो । महानायक वहस र आफ्नै भाईलाई गुमाउनु पर्दाको सकसपूर्ण क्षण जो कोहिलाई महसुस गर्न गाह्रो पर्छ ।

यी दुई क्षण हमालको दिमागबाट सजिलै मेटिने छैनन् । तर, हमाल यसलाई जीवनको एक समयचक्र मान्छन । भाई गुमाएको चौथों दिनमा राजेशले सकारात्मक संदेशसहितको स्टाटस पोस्ट गर्छन । ‘सुन्दर दिन…आज यो अद्भुत दिन । समय चलिरहेको छ ।’ हल्का मुस्कानसहितको तस्विरले हमालको दुखमा दुखि भएका प्रशंसकहरुलाई थोरै भएपनि राहत दिन्छ ।

भलै मन भित्रका पिडामा मन मै होलान, तर राजेशको सकारात्मक पोस्टले समयचक्रमा आउने सम्पूर्ण क्षण हामीले आत्मसाथ गर्नुपर्छ भन्ने संदेश दिन्छ ।

बुधबार हमालका भाई राकेश हमालको दिल्लीस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । शुक्रबार पशुपति आर्यघाटमा अन्तेष्टिका क्रममा राजेशले आफुलाई सम्हाल्न सकिरहेका थिएनन् । यस्तै भाईको निधनपश्चात राजेशले उनको सम्झनामा लगातार दुई दिनसम्म बाल्यकालको तस्विर पनि शेयर गरेका थिए।