द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो समय अन्तर्राष्ट्रिय मंचमा नेपाली सिनेमाहरुले पनि प्रभाव जमाउन थालेका छन् । केहि दिन अगाडी मात्रै निर्देशक मिन बहादुर भामको स्क्रिप्ट ‘चिसो वर्ष’लाई ‘टुवेल्फ पुन्टो स्क्रिप्ट ल्याब’ले १ करोड ३ लाखको पुरस्कार दिएको थियो ।
१२ पुन्टो ल्याबले वर्षेनी उत्कृष्ट स्क्रिप्टलाई पुरस्कृत गर्दै आइरहेको छ ।
यसैबीच इटालीमा आयोजित ‘एसोलो आर्ट फिल्म फेस्टिभल’मा अङ्कित पौडेलले निर्देशन गरेको सिनेमा ‘सङ अफ दि क्लाउड’ले पनि पुरस्कार जितेको छ । मृत्युपछिको जीवन कल्पनामा तयार सिनेमाले आर्ट सिनेमा विधातर्फ ५ सय युरोसहितको पुरस्कार जितेको हो ।
नेपालको अस्कर कलेजबाट सिनेमा निर्माणमा स्नातक गरेका पौडेलको यो सिनेमा सनडान्स फिल्म फेस्टिभलमा पनि प्रिमियर भैसकेको छ । त्यसयता अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्ट जस्ता फेस्टिभलमा सिनेमाले सहभागिता जनाइसकेको छ ।
यस्तै ‘सङ अफ दि क्लाउड’ले वर्ल्ड फेस्ट हस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि जितिसकेको छ ।
२० भन्दा बढी प्रोजेक्टमा छायांकारको रुपमा काम गरिसकेका पौडेलको यो निर्देशकीय डेब्यु सिनेमा हो ।
प्रतिक्रिया