‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्देशन गर्दै दीपेन्द्र

‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्देशन गर्दै दीपेन्द्र

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले आफुले निर्देशन गर्ने दुई नयाँ सिनेमा घोषणा गरेका छन् । बिहिबार ‘चिसो मान्छे’ र ‘लकडाउन’ नाम चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् ।


दुवै सिनेमा सामाजिक कथामा निर्माण हुनेछन । लकडाउन अवधीमा कथा र पटकथा लेखनको काम सकाएका निर्देशक खनाले कलाकार छनोटको काम चाँडै सुरु गरिने बताए । ‘कोभिड-१९’ को संक्रमण सामान्य हुना साथ छायाँकनमा जाने तयारी निर्माण टिमको छ ।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने दुवै सिनेमामा शर्मिला पाण्डेको लगानी रहने छ । ‘लभ लभ लभ’ पश्चात निर्देशक खनाल र निर्मात्री पाण्डेको सहकार्यमा ‘चंगाचेट’, ‘घर’ र ‘आमा’ जस्ता समाजिक कथावस्तुमा सिनेमा निर्माण गरिसकेका छन् ।

खनाल र पाण्डेको सहकार्य रहेको पछिल्लो सिनेमा ‘आमा’ बक्सअफिसमा हिट भएको थियो । हलमा सफलतापुर्वक चलिरहेकै बेला गरिएको लकडाउनले सिनेमाको व्यापारमा प्रत्यक्ष असर गरेको थियो ।