‘प्रेमगीत ३’का मनिष नयाँ सिनेमामा अनुबन्धित

‘प्रेमगीत ३’का मनिष नयाँ सिनेमामा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘प्रेमगीत ३’बाट डेब्यु गरेका अभिनेता मनिष राउत नयाँ सिनेमामा अनुबन्धित भएका छन् । क्लोथिङ ब्राण्ड ‘डक्टर डेनिम’को अनटाइटल प्रोजेक्टमा उनि लिड भूमिकामा अनुबन्धित भएका हुन् ।

आगामी वर्ष रिलिजको तयारीसहित डेनिमले सिनेमामा लगानी गर्न लागेको हो । अभिनेत्री तय नभएको सिनेमामा डेनिमका सिइओ निलुस गौतम निर्माताको रुपमा रहनेछन । ‘डक्टर डेनिम’ ब्राण्डलाई प्रस्तुतकर्ताको रुपमा राखिनेछ । सिनेमा प्रेमकथामा आधारित रहनेछ ।

नेपाल, जर्मनी र भारतको गोवामा छायांकन गरिने सिनेमाको स्क्रिप्ट तयार भैसकेको बताइएको छ । सिनेमाका अन्य कास्ट एण्ड क्रु भने फाइनल हुन् बाँकी छन् ।

अभिनेता राउत ‘डक्टर डेनिम’का ब्राण्ड एम्बेसडर पनि हुन् । उनकै लोकप्रियताका कारण डेनिम बजारमा स्थापित भएको यो ब्राण्डले बताएको छ ।

गत चैत २८ मा रिलिज हुने भनिएको ‘प्रेमगीत ३’ कोरोना भाइरसका कारण स्थगित भएको थियो । अब सिनेमा कहिले प्रदर्शनमा आउने हो टुंगो छैन । तर, उक्त सिनेमाबाट डेब्यु गरेका मनिषको लोकप्रियता ग्राफ भने उकालो लागिरहेको छ ।