मेरो लागी महानायक राजेश हमाल : निरुता सिंह

मेरो लागी महानायक राजेश हमाल : निरुता सिंह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक समय नेपाली सिनेमामा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री हुन् निरुता सिंह । तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा दक्षिणाबाट नेपाली रजतपटमा पाइला टेकेकी निरुताले त्यस पश्चात दर्जनौं सुपरहिट सिनेमामा काम गरेकी छन् ।

गतबर्ष मात्रै उनी अभिनित सिनेमा ‘दाल भात तरकारी’ रिलिज भएको थियो । केहीदिन देखि सामाजिक सञ्जाल फेसबुकमा निरुताले लेखेको स्टाटरको कारण कन्टोभर्सीमा फसेकी छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै अभिनेता भुवन केसीलाई रियल हिरो र राजेश हमाललाई महानायक बताएकी छन् ।

यस्तै, उनले समाजिक सञ्जाल फेसबुकमा नेपाली सिनेमामा प्रवेश गर्नु पुर्व र गरिसकेपछिका सुनौला पलहरुलाई पनि सम्झेकी छन् । निरुताले आइतबार सामाजिक सञ्जालमा मलाई अचम्म लागेको र बुझ्न नसकेको कुरा भन्दै ९ओटा बुँदा समेट्दै लामो स्टाटस पोष्ट गरेकी छन् ।

तस्वीर : निरुता सिंहको समाजिक सञ्जालबाट