सर्वाधिक व्यापार गरेका हलिउडका १० रोमान्टिक सिनेमा

सर्वाधिक व्यापार गरेका हलिउडका १० रोमान्टिक सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – लभ र रोमान्स मानव जातीका लागि सबैभन्दा साधारण भावनाहरु हुन् । सबैमा लभको चाहना पनि हुन्छ । लभ र रोमान्स सिनेमाको दुनियाँमा एक सफल र लोकप्रिय जनरामा पनि मानिन्छ ।

के तपाईलाई थाहा छ ? निर्देशक जेम्स क्यामरूनको ‘टाइटानिक’ विश्वकै सर्वाधिक कमाइ गर्ने रोमान्टिक ट्राजेडी सिनेमा हो । आजभन्दा झन्डै २३ वर्ष अगाडी १९९७ मा यो सिनेमाले विश्वव्यापी २ अर्व बढी अमेरिकी डलर व्यापार गरेको थियो । जतिबेला विश्वका कुनै पनि सिनेमालाई १ अर्व माथिको व्यापार गर्न मुस्किल पर्थ्यो ।

‘टाइटानिक’ले २ अर्व माथिको व्यापार गर्दा दुई सिनेमा ‘जुरासिक पार्क’ र ‘स्टार वार्स: एपिसोड १ – द फ्याण्टोम म्यानेस’ले मात्र १ अर्व माथिको माइलस्टोन पार गरेका थिए ।

अहिले विश्वमा १ अर्व माथिको व्यापार गर्ने सिनेमा ४६ वटा पुगिसकेका छन् । तर, २ अर्व भन्दा माथिको व्यापार गर्ने सिनेमा ‘टाइटानिक’सहित मात्र ५ वटा छन् ।

‘टाइटानिक’को रेकर्ड २००९ मा जेम्स क्यामरून कै ‘अवतार’ले ब्रेक गरेको थियो । त्यसयता ‘टाइटानिक’को भन्दा धेरै व्यापार गर्ने सिनेमा ‘एभेन्जर्स: इन्ड गेम’ मात्र छ । २०१९ मा रिलिज भएको ‘एभेन्जर्स: इन्ड गेम’ विश्वकै सर्वाधिक व्यापार गर्ने सिनेमा पनि हो ।

आज हामि हलिउडका सर्वाधिक व्यापार गर्ने १० रोमान्टिक सिनेमाको बारेमा ज्ञान लिनेछौँ ।

टाइटानिक

जेम्स क्यामरून निर्देशित सिनेमा ‘टाइटानिक’मा लियोनार्दो डिकाप्रियो र केट विन्जलेटको मुख्य भूमिका थियो । विश्वव्यापी २,१९५ करोड व्यापार गरेको सिनेमा अहिले पनि उतिकै लोकप्रिय छ । आज पनि हरेक मानिसले मनपर्ने रोमान्टिक सिनेमाको नाम लिदा ‘टाइटानिक’ नै अगाडी आउने गर्छ ।

ब्यूटी एण्ड द बीस्ट


बिल कन्डन निर्देशित ‘ब्यूटी एण्ड द बीस्ट’ सर्वाधिक व्यापार गर्ने दोस्रो रोमान्टिक सिनेमा हो । २०१७ मा रिलिज यस म्युजिकल रोमान्टिक फेन्टासीमा एम्मा वाटसनको मुख्य भूमिका थियो । विश्वव्यापी १,२६४ करोड अमेरिकी डलर व्यापार गरेको सिनेमामा  डान स्टीभन्स, लूक इभान्स, केविन क्लाइन, जोश गाडलगायतका कलाकारले अभिनय गरेका छन् ।

अलादीन


२०१९ को रोमान्टिक एडभेन्चर फेन्टासी ‘अलादीन’ले १,०५१ करोडको व्यापार गर्न सफल भएको थियो । गाइ रिची निर्देशित सिनेमामा मेना मसूद, नाओमी स्कट र विल स्मिथ लिड रोलमा थिए ।

ट्वाइलाइट सागा: ब्रेकिंग डाऊन – भाग २


‘ट्वाइलाइट सागा’ हलिउडको एक सफल रोमान्टिक फ्रेञ्चाइज हो । २०१२ मा रिलिज भएको दोस्रो भागले ८३० करोड अमेरिकी डलर कमाएको थियो । बिल कन्डन निर्देशित सिनेमामा क्रिस्टन स्टीवर्ट, रोबर्ट प्याटिनसन र टेलर लाउटनर मुख्य भूमिकामा थिए ।

ट्वाइलाइट सागा: न्यु मून


क्रिस वाइज्जको निर्देशनमा बनेको ‘ट्वाइलाइट सागा: न्यु मून’ले ७२४ करोडको व्यापार गरेको थियो । २००९ मा रिलिज सिनेमा उक्त वर्षको पाँचौँ सर्वाधिक व्यापार गर्ने सिनेमा थियो ।

ट्वाइलाइट सागा: ब्रेकिंग डाऊन – भाग १


बिल कन्डनले नै निर्देशन गरेको ‘ट्वाइलाइट सागा: ब्रेकिंग डाऊन – भाग १’ सर्वाधिक व्यापार गर्ने रोमान्टिक सिनेमाको छैटौँ नम्बरमा आउँछ । २०११ मा रिलिज भएको सिनेमाले विश्वव्यापी ७१२ करोडको व्यापार गरेको थियो ।

ट्वाइलाइट सागा: इक्लिप्स


‘ट्वाइलाइट’कै इन्स्टलमेन्ट इक्लिप्सले ६९८ करोड अमेरिकी डलरको व्यापार गरेको थियो । डेभिड स्लेड निर्देशित सिनेमा २०१० मा रिलिज भएको थियो ।

फिप्टी सेड्स अफ ग्रे


यो कामुक रोमान्स ‘फिप्टी सेड्स अफ ग्रे’ले ५७० करोड माथिको व्यापार गरेको थियो । २०१५ मा रिलिज भएको सिनेमालाई साम टेलर-जॉनसनले निर्देशन गरेकी थिइन् । सिनेमामा डाकोटा जोनसन र जेमी डोर्ननले मुख्य भूमिका निर्वाह गरेका थिए ।

घोस्ट


१९९० को रोमान्टिक फेन्टासी थ्रिलरले त्यतिबेलाको हाइएस्ट ग्रसर सिनेमा थियो । क्रिटिक्सबाट मिस्रित रिभ्यु पाएपनि सिनेमाले ५०६ करोड माथिको व्यापार गरेको थियो । जेरी जुकरले निर्देशन गरेको सिनेमामा  प्याट्रिक स्विवेज, डेमी मूर, हूपी गोल्डबर्ग र टोनी गोल्डविनलगायतले अभिनय गरेका थिए

पर्ल हर्बर


माइकल बे निर्देशित सिनेमा ‘पर्ल हर्बर’ सर्वाधिक व्यापार गर्ने विश्वको दशौँ रोमान्टिक सिनेमा हो । २००१ मा रिलिज भएको सिनेमाले ४४९ करोड अमेरिकी डलरको व्यापार गरेको थियो । सिनेमामा बेन एफ्लेक, जोश हार्टनेट, केट बेकिन्साले, क्यूबा गुडिंग जूनियर, टम साइजमोरलगायतले अभिनय गरेका थिए ।