३६ वर्षका भए रोमान्टिक अभिनेता आर्यन सिग्देल

३६ वर्षका भए रोमान्टिक अभिनेता आर्यन सिग्देल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली रोमान्टिक सिनेमामा सर्वाधिक सफल मानिएका अभिनेता आर्यन सिग्देलको आज जन्मदिन परेको छ । २०६४ सालमा सिनेमा ‘किस्मत’बाट ड्रिम डेब्यु गरेका आर्यन आजबाट ३६ वर्ष पुरा भएका छन् ।


नेपालमा चकलेटी हिरोको छवि बनाएका आर्यनले करिअरको उत्कर्षमा ‘एक-से-एक’ सफल सिनेमा दिएका थिए । उनि विशेष गरि रोमान्टिक लभस्टोरी सिनेमाका लागि प्रख्यात छन् ।

यहाँसम्मकी नेपाली सिनेमामा आर्यनको आगमनसँगै रोमान्टिक सिनेमा बनाउनेको लहर नै चलेको थियो । त्यसताका थुप्रै कोरस राखेर बनाइने डान्सिङ बिटका गीतहरु नै रिप्लेस भएका थिए । हिरो – हिरोइन जंगल र पठारमा एक्लै रोमान्स गरेका गीतले नै दर्शक हलसम्म तान्ने माहोल बनेको थियो ।

३ दर्जन बढी सिनेमामा अभिनय गरेका आर्यनका ‘मेरो एउटा साथि छ’, ‘हिफाजत’, ‘फस्ट लभ’, ‘कसले चोर्यो मेरो मन’, ‘मेरो लभ स्टोरी’, ‘नोभेम्बर रेन’, ‘लज्जा’, ‘नाइँ नभन्नु ल ३’, ‘क्लासिक’ जस्ता सिनेमा अत्याधिक सफल छन् ।

आर्यनको जोडी अभिनेत्री रेखा थापा र नम्रता श्रेष्ठसँग बढी रुचाइएको थियो । आजभन्दा ४ वर्ष अगाडी प्रेमिका सपना भण्डारीसँग लगनगाँठो कसेका आर्यन अहिले एक पुत्रका पितासमेत बनिसकेका छन् ।