anmol jasita

अनटाइटल प्रोजेक्टमा साम्राज्ञी र आना अनुबन्धित

अनटाइटल प्रोजेक्टमा साम्राज्ञी र आना अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मा एकसाथ नयाँ सिनेमामा अनुबन्धित भएका छन् ।

picture: Instagram

‘डक्टर डेनिम’को प्रस्तुतिमा युवा मनोविज्ञानमा आधारित रहने सिनेमामा यसअघि नै ‘प्रेमगीत ३’ डेब्यु अभिनेता अभिनेता मनिष राउत फाइनल भएको खबर बाहिरिएको थियो ।

तर, बिहिबार मात्रै तीन कलाकारसँग निर्माण पक्षले सम्झौता गरेको छ । प्रवेश पौडेलले निर्देशन गर्ने सिनेमामा पहिलो पटक साम्राज्ञी, आना र मनिषलाई एक साथ् देख्न रोचक हुनेछ ।

यसअघि सिनेमा ‘अमेरिका ब्वाइज’ निर्देशन गरिसकेका पौडेलले यो अनटाइटल प्रोजेक्टका लागि अझै एक/एक जना महिला र पुरुष कलाकारको खोजी भैरहेको बताए ।

छत्र जंग पाण्डे र अनुप पौडेल निर्माता रहने सिनेमा कोरोना महामारीपछि सहज वातावरणमा छायांकन हुनेछ । सिनेमाका सह-निर्मातामा करण साउद छन् ।

गत वर्ष रिलिज भएको ‘रातो टिका निधारमा’पछि साम्राज्ञीको यो पहिलो सिनेमा हो । यस्तै आनाको पछिल्लो रिलिज सिनेमा ‘द म्यान फ्रम काठमाडौँ’ थियो ।

तस्विरहरु:-