anmol jasita

सम्झनामा श्रीकृष्ण…!

सम्झनामा श्रीकृष्ण…!

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा क्षेत्रका लागि अभिनेता श्रीकृष्ण श्रेष्ठ भुल्नै नहुने नाम हो । थुप्रै सिनेमाबाट आफ्नो अभिनय र नृत्यका कारण दर्शकको मन-मस्तिस्कमा बसेका श्रीकृष्ण अहिले भने हामि माँझ छैनन् ।

६ वर्ष अगाडी सारा नेपालीलाई रुवाँउदै श्रीकृष्ण संसारबाट विदा भएका थिए । उनको अभाव अहिले पनि महसुस हुन्छ । नेपालमा प्राय: कलाकार अभिनय र नृत्यमा सफल देखिदैनन् । अभिनेतामा हुनुपर्ने सबै गुण श्रीकृष्णमा थिए । नृत्यमा सबैलाई नचाउन सक्ने र अभिनयमा रुवाउन र हँसाउन सक्ने खुबी उनमा थियो ।

२०४५ सालमा सिनेमा ‘भुमरी’बाट करिअर सुरु गरेका श्रीकृष्णले ‘नाता’बाट लिडमा ब्रेक पाएका थिए । त्यसयता उनले थुप्रै हिट र सुपरहिट सिनेमामा अभिनय गरेका छन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनूर जस्ता उनका सफल सिनेमा हुन् ।

महिनाको अन्तरालमा विवाह र मृत्यु

२०७१ साल असार २३ गते श्रीकृष्णले आफ्नो ६ वर्षे लामो प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा रुपान्तर गर्दै अभिनेत्री श्वेता खड्कासँग लगनगाँठो कसेका थिए । यो उनको जीवनको सबैभन्दा सुखद क्षण थियो । श्वेता र उनका प्रशंसक पनि खुसि थिए ।

विवाहपछि हनिमुनका लागि भारतको शिमला पुगेका दम्पतिमा ठुलो बज्रपातको घन्टी बजिरहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि श्रीकृष्णलाई दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरियो ।

यता नेपालमा उनको पछिल्लो सिनेमा ‘कोहिनूर’ साउन २३ गते रिलिजको तयारीमा थियो । उनि सिनेमाको पहिलो शोमा उपस्थित हुन् चाहन्थ्ये । तर, नाजुक स्वास्थ्य अवस्थाका कारण उनले अडियो संदेश पठाए । ‘तपाईहरुसँगै बसेर मेरो पछिल्लो चलचित्र ‘कोहिनूर’ हेर्ने मन थियो । तर, म उपस्थित हुन् सकिन । आशा छ, ‘कहाँ भेटिएला’लाई जस्तै माया गरिदिनु हुनेछ ।’ उनले कारुणिक आवाजमा बोलेको संवादले सम्पूर्णलाई झसंग बनाएको थियो ।

तर, पनि श्रीकृष्णले छिट्टै स्वास्थ्यलाभ लिने सबैमा आशा थियो । आइतबार विहानै दिल्लीबाट उनको मृत्युको खबर आयो । गत २३ मा विवाह गरेका श्रीकृष्णले पत्नी श्वेतासहित सम्पूर्ण नेपालीलाई चोट पुर्याएर साउन २५ मा संसारबाट विदा भए ।

इतिहास रचेको अन्तिम सिनेमा

श्रीकृष्णका थुप्रै सफल सिनेमा छन् । तर, अन्तिम सिनेमा ‘कोहिनूर’ले ६ वर्ष अगाडी १२ करोड बढीको व्यापार गरेर इतिहास रचेको थियो । हुनत, ‘कोहिनूर’ले ऐतिहासिक सफलता पाउनुमा उनको निधनलाई मुख्य कारण मानिन्छ ।

तरपनि ‘कोहिनूर’को सफलतालाई उनको निधनसँग मात्र जोड्न मिल्दैन । ‘कोहिनूर’ त्यस समयमा रिलिज भएको थियो । जतिबेला वर्षमा दर्जन सिनेमा पनि सफल हुन्थेनन् । निर्माताहरु ठुलो लगानी गर्न हिच्किच्याउथ्ये । त्यतिबेला सर्वाधिक व्यापार गरेको सिनेमा ‘लूट’ले ५ करोड ग्रस व्यापार गरेको थियो ।

‘कोहिनूर’को व्यापारले नेपाली बक्सअफिसको क्षमता प्रमाणित गर्दै ठुलो लगानीको लागि ढोका खोलिदिएको थियो । अनि मात्र सिनेकर्मीलाई थाहा भयो ‘राम्रो सिनेमा बनाउन सक्यो भने बजार त राम्रो रहेछ नि !