anmol jasita

प्रकाश सुवेदी विरुद्द पूजाको उजुरी

प्रकाश सुवेदी विरुद्द पूजाको उजुरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीविरुद्द कलाकार संघमा उजुरी दिएकी छन् । उनले राष्ट्रिय टेलिभिजन मार्फत आफुलाई पटक-पटक ह्यारेसमेन्ट भएको भन्दै उजुरी दिएकी हुन् ।

‘मान्छेलाई ह्यारेसमेन्ट गर्न बलात्कार नै गर्नुपर्छ भन्ने छैन । उहाँले मलाई हेरेक एपिसोडमा गिराएर बोलिरहनु भएको छ । धेरै भयो अब त सहन सकिन् । आज आफुलाई परेपनि भोलिका दिनमा यस्तो किसिम ह्यारेसमेन्ट कसैलाई पनि नहोस भनेर उजुरी दिएकी हूँ ।’ पूजाले भनिन ।

उनले कलाकार संघलगायत चलचित्र पत्रकार संघ, नेपाल र एपीवान टेलिभिजनमा उजुरी दिएकी छन् । साथै, उनले प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, र चलचित्र विकास बोर्डमा पनि उजुरी दिने बताइन ।

कुनै पनि कलाकारले दर्शकको ट्याग महत्वपूर्ण रहने भन्दै पूजाले आफुलाई साथ दिने संचारकर्मी, दर्शक र सिनेकर्मीहरुप्रति धन्यवाद ज्ञापन गरेकी छन् ।