anmol jasita

आसुसेन फिल्मस्को ठुलो घोषणा, मल्टीस्टारर कमेडी ‘हु.तु.तु’ निर्माण गर्ने

आसुसेन फिल्मस्को ठुलो घोषणा, मल्टीस्टारर कमेडी ‘हु.तु.तु’ निर्माण गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हिट सिरिज ‘प्रेमगीत’ निर्माण कम्पनि आसुसेन फिल्म्स प्रोडक्सनले नयाँ सिनेमा घोषणा गरेको छ । वरिष्ठ कलाकार हरिवंश आचार्यदेखि अहिलेका चर्चित कलाकारहरुको अभिनय रहने सिनेमाको नाम ‘हु.तु.तु’ जुराइएको छ ।


कमेडी जनरामा बन्ने सिनेमामा हरिवंशसँगै राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत जस्ता चर्चित कलाकारहरुको अभिनय रहनेछ । यस मल्टीस्टारर सिनेमालाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् । यी दुईले निर्देशन गरेको बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ प्रदर्शनको लागि तयार छ ।

यी सबै कलाकार पहिलो पटक सँगै स्क्रिनमा देखिन लागेका हुन् । चल्तीका कलाकार प्रदीप, पल, नाजिर, गौरव र सलोनलाई पहिलो पटक पर्दामा हेर्न रोचक हुने अनुमान गर्न सकिन्छ ।

‘कोरोनाले ठप्प बनाएको सिनेमा क्षेत्र बिस्तारै चलायमान बनाउने चुनौती हामीमा छ । त्यसैले दिग्गज कलाकार हरिवंशदेखि लिएर राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत जस्ता बहुचर्चित कलाकारहरुसँग एउटा दुनियाँको प्रतिनिधित्व गर्दैछौँ । हाम्रो सिर्जना विशुद्ध हास्यकथा शैलीमा वाचन हुनेछ । यसको लागि हाम्रो टिमले २०० प्रतिशत प्रयास गर्नेछ ।’ कलाकार, निर्माता तथा निर्देशक सेनले भने ।

‘प्रेमगीत ३’ अगावै छायांकनमा जाने सिनेमाको लागि मुख्य अभिनेत्री र अन्य कलाकारको खोजी भैरहेको र छनोटपछि जानकारी दिने सेनले बताए ।