anmol jasita

अनमोल र उपासनाको कोरोना रिपोर्ट नेगेटिभ

अनमोल र उपासनाको कोरोना रिपोर्ट नेगेटिभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेका कलाकार अनमोल केसी र उपासना सिंह ठकुरीको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब संकलन भएपछि दुवै जना होम क्वारेन्टाइनमा थिए ।

अनमोल र उपासनाले साता अगाडी यामाहाको एक स्कुटर विज्ञापनको लागि फोटोसुट गरेका थिए । फोटोसुटमा संलग्न एक महिलामा कोरोना संक्रमण देखिएपछि दुवै जना कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

उपासनाको शुक्रबार साँझ र अनमोलको आइतबार नेगेटिभ रिपोर्ट आएको हो । स्वाब दिदा डरमा रहेका दुवैले अहिले राहतको सास लिएका छन् । अनमोलले भने–‘स्वाब संकलन भएपछि रिपोर्ट नआन्जेलसम्म त डर नै लागेको थियो । तर, रिपोर्ट आएपछि ढुक्क भएको छ ।’

लकडाउनका कारण सिनेमाको काम ठप्प भएपछी अनमोलले केहि विज्ञापनहरु छायांकन गरिरहेका छन् । उनको सिनेमा ‘ए मेरो हजुर ४’ छायांकनको चरण छ । तर, लकडाउनले सिनेमाको काम रोकिएको छ ।