anmol jasita

करणले स्थापना गरे सिंहदरबारको पूर्वी गेटमा स्यानिटाइजर बुथ

करणले स्थापना गरे सिंहदरबारको पूर्वी गेटमा स्यानिटाइजर बुथ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वितरक करण श्रेष्ठ (क्रेजी)ले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडी स्यानिटाइजर बुथ स्थापना गरेका छन् । राजधानीमा कोरोना संक्रमित संख्या बढ्दै गएपछि निर्माता तथा कलाकारसमेत रहेका श्रेष्ठले सर्वसाधारणका लागि उक्त बुथ खडा गरेका हुन् ।


कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी वृतका डिएसपी हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेशप्रसाद किजु, चलचित्र पत्रकार संघ, नेपालका महासचिव समीर बलामीले उक्त स्यानिटाइजर बुथको उद्घाटन गरेका थिए ।

‘जागौँ युवा अभियान’द्वारा करणले अनामनगरमा वृक्षारोपण, कोरोना भाइरसको जोखिन न्यूनीकरण गर्न मास्क वितरण तथा जनचेतना फैलाउने कार्यसमेत गर्दै आएका छन् । कलाकार गिरीले करणको कामबाट धेरैले शिक्षा लिनुपर्ने बताउदै टोलटोलमा स्यानिटाइजर बुथ स्थापना र जनचेतना मुलक कार्यक्रम गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

‘कोरोनाको जोखिम न्युनिकरण गर्न देशभर सार्वजनिक स्थानमा यस्तै किसिमको स्यानिटाइजर बुथका स्थापना गर्नुपर्छ’ निर्माता श्रेष्ठले भने– ‘हामीले आफ्नो निवास, कार्यस्थल र टोलटोलमा यस्ता स्यानिटाइजर बुथको स्थापना गर्न सक्यौँ भने कोरोना विरुद्धको लडाई अभियानमा सहयोग पुग्छ ।’ ‘यस्ता काममा युवालाई प्रेरित गर्नुपर्छ’ उनले थपे ।